राष्ट्रियसमाचार

इट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु, ४ जना घाइते।

न्यूज डेकस

काठमाडौं –  ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु भएको छ । र चार जना घाइते भएका छन् ।

ललितपुर महानरपालिकाको हरिसिद्धी भन्ने ठाउँमा रहेको होसना इट्टाभट्टाको पर्खाल भत्किएको हो । पर्खाल भत्किँदा रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी गराएका छन।

प्रबक्ता मिश्रका अनुसार चार जना घाइते समेत भएका छन्। घाइते हुनेहरुमा रुकुम  घर भएकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल छन् । उनीहरुलाई उपचारका लागि मेसडसिटी अस्पताल पठाइएको एसपी मिश्रले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button