प्रदेश खबरसमाचार

रौतहटमा निर्वाचन सुरक्षा कडा, नेपाली सेनाद्वारा हवाई गस्ती

प्रेमचन्द्र झा
रौतहट –  प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन रौतहट जिल्लामा तैनाथ नेपाली सेना अन्तर्गतको नारायणदल गणले सुरक्षा व्यवस्था कडा पारेको छ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर शान्ति सुरक्षा कायम गर्न सेनाले हवाई गस्तीसमेत सञ्चालन गरेको गणपति विश्वास विष्टले बताए। साथै, गणले एमपीभी (माइन प्रोटेक्टेड भेहिकल), अन्य सवारी साधन, मोटरसाइकल तथा पैदलमार्फत मतदान स्थलहरूमा सुरक्षा गस्ती तथा निगरानी तीव्र बनाएको गणपति विष्टले जानकारी दिए।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाका विभिन्न क्षेत्रमा बख्तरबन्दसहित सुरक्षा गस्ती सञ्चालन गरिएको हो।
यसैगरी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल ले एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार संयुक्त रूपमा गस्ती तथा निगरानी गरिरहेका छन्।
सुरक्षा निकायहरूले जिल्लावासीलाई निर्धक्क भई मतदानमा सहभागी हुन आह्वान गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button