अन्तर्राष्ट्रियकृषिखेलकुदप्रदेश खबरराजनीतिराष्ट्रियशिक्षासमाचारसूचना-प्रविधिस्थानीय

बारा–३ मा ज्वाला कुमारी साहको चुनावी एजेन्डा सार्वजनिक, ‘नयाँ अध्याय’ को आह्वान

बारा-प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बारा क्षेत्र नम्बर–३ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार ज्वाला कुमारी साह ले आफ्नो विकास दृष्टिकोण र प्राथमिकताहरू सार्वजनिक गर्दै बारा–३ का लागि ‘नयाँ अध्याय’ सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उम्मेदवार साहले कृषि आत्मनिर्भरता र किसान समृद्धि, सीमा व्यापार तथा आर्थिक गतिविधि विस्तार, युवा रोजगारी र उद्यमशीलता प्रवर्द्धन, सुशासन र डिजिटल सरकार, ज्येष्ठ नागरिक सम्मान तथा सामाजिक सहभागितालाई आफ्नो मुख्य एजेन्डामा राखेकी छन्।
त्यसैगरी शिक्षा, उत्पादन र आयमा लगानी, महिला सामाजिक तथा आर्थिक सशक्तीकरण, खेलकुद, नवप्रवर्तन र युवा नेतृत्व विकास, शिक्षा अनुसन्धान तथा ज्ञान–आधारित समाज निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ।
साहले पूर्वाधार, ऊर्जा र कम्युनिटी विकाससँगै सुकुम्बासी समस्या समाधान, टाढिया बस्तीको उचित व्यवस्थापन, सामाजिक न्याय, समावेशिता, दिगो विकास तथा सुदृढ स्वास्थ्य सेवामार्फत समग्र क्षेत्रीय रूपान्तरण गर्ने लक्ष्य अघि सारेकी छन्।
स्थानीय मतदातासँगको भेटघाट तथा प्रचार–प्रसारका क्रममा उनले बारा–३ लाई शान्ति, पर्यटन र सामाजिक–आर्थिक रूपान्तरणको नमुना क्षेत्र बनाउने धारणा राख्दै भनिन्, “समावेशी विकास, रोजगारी सिर्जना र जनउत्तरदायी शासनमार्फत बारा–३ को मुहार फेर्न सकिन्छ।”
उनको उम्मेदवारीलाई नेपाली कांग्रेस का नेता–कार्यकर्ता तथा स्थानीय मतदाताले आशाका साथ हेरिरहेका छन्। चुनावी सरगर्मी बढ्दै जाँदा बारा–३ मा प्रतिस्पर्धा रोचक बन्दै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button