राष्ट्रियसमाचारस्थानीय

जीतपुरमा ब्राउन सुगरजस्तो देखिने पदार्थसहित २६ वर्षीय युवक पक्राउ

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित मदरसा टोलबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बिहीबार राति करिब ८ः२० बजे २६ वर्षीय इमाम देवानलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका देवानको साथबाट प्लास्टिकसहित तौल गर्दा ०.११० ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद भएको छ। बरामद गरिएको पदार्थ लागूऔषध ब्राउन सुगर नै हो वा होइन भन्ने यकिन गर्न परीक्षण प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button