Uncategorized
मौरीको टोकाइबाट आधावार जङ्गलमा श्रीमान्-श्रीमती घाइते

बारा, २७ असोज –
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १ स्थित आधावार जङ्गल क्षेत्रमा मौरीले टोक्दा स्कुटरमा सवार श्रीमान्-श्रीमती घाइते भएका छन् ।
पिलुवाबाट हेटौँडातर्फ जाँदै गरेको लु ४४ प ३१४४ नम्बरको स्कुटरमा सवार मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ का २७ वर्षीय आमोद विक र उनकी २८ वर्षीया श्रीमती प्रमिला कुमारी विकलाई मंगलबार बिहान करिब १०:५० बजेको समयमा उडिरहेको मौरीको समूहले टोकेको हो ।
मौरीको टोकाइबाट घाइते भएका दुवै जनाको सिमरास्थित सिटीस्टार अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार स्कुटर चालक आमोदको अवस्था मध्यम रहेको छ भने पछाडि सवार उनकी श्रीमती प्रमिलाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी गराउनु भएको छ।



