राष्ट्रियसमाचारस्थानीय

नेपाल कलवार कल्याण महासंघको अध्यक्षमा पुनम कुमार गुप्ता निर्वाचित

बिराटनगर ,- नेपाल कलवार कल्याण महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन तथा ११औँ वार्षिक साधारणसभा विराटनगरमा सम्पन्न भएको छ। महाधिवेशनले पुनम कुमार गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

महासंघको संगठनलाई थप सशक्त, एकताबद्ध र प्रभावकारी बनाउने उद्देश्यसहित सम्पन्न महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो। महाधिवेशनले समुदायको हकहित संरक्षण, सामाजिक एकता, शिक्षा, स्वास्थ्य, रोजगारी तथा संगठन विस्तारलगायतका विषयलाई प्राथमिकतामा राख्दै आगामी कार्यदिशा तय गरेको जनाएको छ।

महाधिवेशनबाट महासंघको अध्यक्षमा पुनम कुमार गुप्ता निर्वाचित हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा गोपीबाल भगत, महेन्द्र चौधरी, शम्भु प्रसाद साह, नवल किशोर प्रसाद शाह, वीरेन्द्र कुमार आर्य, अमित कुमार भगत र पूजा जैसवाल चयन हुनुभएको छ।

यसैगरी महासचिवमा एपोलो भगत, सचिवमा राम बाबु प्रसाद शाह, कोषाध्यक्षमा मनतोष कुमार चौधरी र सह–कोषाध्यक्षमा वीरेन्द्र कुमार चौधरी निर्वाचित हुनुभएको छ। महाधिवेशनबाट राज किशोर चौधरी, शंकर भगतलगायत ३४ सदस्यीय कार्यसमिति समेत गठन गरिएको छ।

महासंघको नयाँ नेतृत्वले कलवार समुदायको सामाजिक, शैक्षिक, आर्थिक तथा सांस्कृतिक विकासका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। समुदायमा रहेका समस्या तथा आवश्यकताहरू पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्दै समाधानका लागि पहल गर्ने नयाँ कार्यसमितिको प्राथमिकता रहने बताइएको छ।

महाधिवेशनमा संगठनलाई अझ व्यवस्थित र बलियो बनाउँदै समुदायका सदस्यबीच आपसी एकता, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो। साथै शिक्षा र स्वास्थ्यको पहुँच विस्तार, युवाका लागि रोजगारी तथा अवसर सिर्जना, सामाजिक चेतना अभिवृद्धि र संगठनको देशव्यापी विस्तारलाई समेत प्राथमिकताका साथ अघि बढाउने विषयमा छलफल भएको जनाइएको छ।

नवनिर्वाचित कार्यसमितिले समाजको हकहित र समृद्धिका लागि सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। महासंघले समुदायको आवाजलाई संगठित रूपमा उठाउँदै सामाजिक विकास र सामुदायिक एकताका क्षेत्रमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

पाँचौँ राष्ट्रिय महाधिवेशन तथा ११ औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन भएसँगै नेपाल कलवार कल्याण महासंघले आगामी कार्यकालका लागि नयाँ योजना र कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ। नयाँ कार्यसमितिको चयनलाई कलवार समुदायको संगठनात्मक एकता र संस्थागत विकासका दृष्टिले महत्वपूर्ण रूपमा लिइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button