प्रदेश खबरराष्ट्रियसमाचार

मधेशमा शान्ति, एकता र सद्भावको सन्देश दिन निजगढमा सर्वपक्षीय सद्भाव र्‍याली

बारा, साउन १६ — पूर्वी तराई–मधेशका विभिन्न जिल्लामा पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थालाई सहज बनाउने तथा सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले बाराको निजगढमा शनिबार सर्वपक्षीय सद्भाव र्‍याली आयोजना गरिएको छ।

विभिन्न राजनीतिक दल, सामाजिक अभियन्ता तथा सरोकारवालाको सहभागितामा गठित सर्वपक्षीय सद्भाव समूहको आयोजनामा बिहान करिब ७ः४८ बजे निजगढ नगरपालिका–७ स्थित सहिद चोकमा करिब २०० जना भेला भएका थिए। सहिद चोकबाट सुरु भएको शान्तिपूर्ण र्‍याली लिचीबोट जाने सडक हुँदै पुरानो सिनेमाहल क्षेत्र परिक्रमा  गरी बुद्ध चोकमा पुगेर सम्पन्न भएको थियो। सहभागीहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकता तथा शान्तिको पक्षमा ऐक्यबद्धता जनाएका थिए।


र्‍यालीलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको उल्लेखनीय सुरक्षा व्यवस्था गरिएको थियो। इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक दाताराम अधिकारीको नेतृत्वमा २० जना, इलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक बुद्धिमान चोङवाङको नेतृत्वमा १० जना तथा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस निजगढबाट सशस्त्र प्रहरी नायब उपरीक्षक मुरारी अधिकारीको नेतृत्वमा १७ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो।

सुरक्षा निकायका अनुसार र्‍याली शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ भने कार्यक्रम अवधिभर कुनै अप्रिय घटना नभएको जनाइएको छ। स्थानीय स्तरमा शान्ति, सद्भाव र सामाजिक एकतालाई थप सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने सहभागीहरूले विश्वास व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button