बारामा धार्मिक तथा जातीय सद्भाव कायम राख्न एसएसपी बोगटीको सक्रियता, सरोकारवालासँग निरन्तर संवाद

कलैया साउन १५ — मधेस प्रदेशका केही क्षेत्रमा धार्मिक तथा जातीय संवेदनशीलता बढिरहेका बेला जिल्ला प्रहरी कार्यालय जिल्लाको शान्ति सुरक्षा थप सुदृढ बनाउन सक्रियता बढाएको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा सुरक्षा निकायले विभिन्न समुदायका अगुवा तथा सरोकारवालासँग निरन्तर समन्वय र संवादलाई प्राथमिकता दिएको छ।
शुक्रबार बिहानदेखि एसएसपी बोगटीले विभिन्न धर्मका धर्मगुरु, समुदायका अगुवा, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका सदस्य तथा अन्य सरोकारवालासँग छुट्टाछुट्टै भेटवार्ता गर्दै जिल्लाको समग्र सुरक्षा अवस्था, धार्मिक सद्भावलाई थप मजबुत बनाउने विषयमा राय–सुझाव संकलन गरि राख्नु भएको छ।
प्रहरी स्रोतका अनुसार प्राप्त सुझावका आधारमा सुरक्षा रणनीतिलाई थप प्रभावकारी बनाइनेछ भने सम्भावित संवेदनशील क्षेत्रहरूमा निगरानी बढाइएको छ। कुनै पनि समूह वा व्यक्तिबाट सामाजिक सद्भाव खलबल्याउने गतिविधि भए कानुनी दायराभित्र ल्याइने चेतावनी समेत प्रहरीले दिएको छ।
एसएसपी बोगटी अपराध अनुसन्धानमा अनुभवी तथा व्यावसायिक प्रहरी अधिकृतका रूपमा परिचित छन्। उनी जिल्ला प्रहरी कार्यालय बाराको नेतृत्व सम्हालेदेखि समुदाय–प्रहरी साझेदारीलाई प्राथमिकतामा राख्दै शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा सामाजिक र धार्मिक तथा जातीय संवेदनशील विषयलाई संवाद र समन्वयमार्फत व्यवस्थापन गर्ने अभ्यासलाई विशेष महत्व दिइएको बुझिन्छ।
जिल्ला प्रहरी कार्यालय बाराले नागरिकलाई अफवाह, भ्रामक सूचना तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिबाट सचेत रहन आग्रह गर्दै कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन अपिल गरेको छ। जिल्लामा शान्ति, सुरक्षा र धार्मिक सहिष्णुता कायम राख्न सबै समुदायको समान सहभागिता र सहयोग आवश्यक रहेको प्रहरीले जनाएको



