प्रदेश खबरराष्ट्रियसमाचार

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ

जेष्ठ  -/१९ गते 

वीरगञ्ज, पर्सा । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको आठ दिनपछि प्रहरीले विशेष अपरेशन मार्फत उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार मेयर सिंह पर्साको ठोरी क्षेत्रमा लुकीछिपी बसिरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। सोही क्रममा उनलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार जिल्ला अदालत पर्साले गत जेठ १२ गते लिखत सम्बन्धी कसुरको आरोपमा मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह एक दिन अदालतमा उपस्थित भएका थिए। त्यसपछि उनी सम्पर्कविहीन बनेको र फरार रहेको प्रहरीले जनाएको छ।

एसपी पाठकले भने, “अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी एक दिन अदालत पुगेका थिए। त्यसपछि फरार रहेका उनलाई हाम्रो विशेष टोलीले खोजी गरी नियन्त्रणमा लिएको हो।”

यो मुद्दा स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा दर्ता भएको बताइएको छ। उक्त जाहेरीमाथि प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालत पर्साले मेयर सिंहसहित तीन जनालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो।

पक्राउ परेका मेयर सिंहलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। उनीमाथि लिखत सम्बन्धी कसुरको विषयमा थप अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

मेयर सिंहको पक्राउसँगै वीरगञ्ज महानगरपालिकाको राजनीतिक तथा प्रशासनिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको र अनुसन्धानको निष्कर्षपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने पर्सा प्रहरीले जनाएको

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button