राष्ट्रियसमाचार

आर्थिक हिनामिना गरेको आरोपमा प्रेमलाल पाण्डेलाई जिल्ला कमिटी द्वारा कारबाहीको माग

बारा-   ब्राह्मण समाज नेपाल जिल्ला कार्यसमिति बाराको सचिवालयको शुक्रबार बसेको बैठकले केन्द्रीय सचिव प्रेमलाल पाण्डेलाई कारबाहीको माग गरेको छ। समाजका अध्यक्ष अनिल कुमार पाण्डेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

बैठकपछि अध्यक्ष पाण्डेले जानकारी दिँदै पूर्व जिल्ला जिल्ला कोषाध्यक्षसमेत रहेका सचिव पाण्डेसँग १८ वर्ष अवधिको जिम्मेवारीमा रहेको नगद तथा जिन्सी सामग्री फर्निचरलगायत हालसम्म हस्तान्तरण नगरेको आरोप लगाएको छ। वर्तमान कार्यसमितिले करिब ४० दिन देखि लिखित तथा मौखिक रूपमा माग गर्दा पनि सम्बन्धित सामग्री नबुझाएको पाण्डेले बताए। उक्त अवस्थालाई गम्भीर रूपमा लिँदै जिल्ला कार्यसमितिले केन्द्रीय समितिसमक्ष सचिव पाण्डेलाई निलम्बन गर्न माग गरेको अध्यक्ष अनिल कुमार पाण्डेले बताएका छन।

यस्तै, सचिव पाण्डेले आफ्नो व्यवहारमा सुधार नलयामा  जिल्ला प्रशासन कार्यालय,र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायको निकायहरुमा समेत उजुरी दिने समेत चेतावनी जिल्ला कार्यसमितिले दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button