प्रदेश खबरराष्ट्रियसमाचार

आर्थिक बर्ष ०८२/०८३ मा बाराको विभिन्न स्थानीय तहमा ५० वटा कुष्टरोगका विरामी फेला।

न्यूज डेकस

कलैया – आर्थिक बर्ष २०८२÷८३ सालमा बाराको विभिन्न पालिकामा ५० वटा  कुष्टरोगका विरामी फेला परेको द-  लेप्रोसी मिसन नेपालका मधेस प्रदेशका कार्यक्रम संयोजक अमजद अलि मिकरानीले जानकारी दिनुभएको छ । बारा उधोग वाणिज्य संघमा शुक्रवार आयोजना गरिएको सरोकारवाला तथा पत्रकारहरुसंगको एक दिने कुष्टरोग सम्बन्धी अभिमुखीकरण गोष्ठीमा कार्यक्रम संयोजक मिकरानिले जानकारी गराउनु भएको छ । चालु आर्थिक बर्षको श्रावन देखि माँघ महिना सम्मको सो तथ्याक रहेको मिकरानीले जानकारी दिए ।निजगढ नगरपालिकाका शुन्य, कोलहवीमा ६ जना, जीतपुरसिमरा उपमहानगरपालिकामा १५ जना, परवानीपुर गाँउपालिकामा शुन्य, प्रसौनीमा १ , विश्रामपुरमा शुन्य, फेटामा ३ , कलैया उपमहानगरपालिकामा ४ करैयामाईमा १ जना , बारागढीमा १ जना , आदर्शकोतवालमा २  महागढीमाई नगरपालिकामा २, देवतालमा ३ जना सुवर्ण गाँउपालिकामा समेत शुन्यको संख्यामा कुष्टरोगी रहेको नेपाल सरकारले जारी गरेको तथ्याकमा उल्लेख गरेको छ। सबै भन्दा बढी जितपुरसिमरा उपमहानगरपालिकामा बालबालिकाहरु मथि सो रोग देखा परेको द- लिप्रोसी मिसन नेपाल मधेस प्रदेशका कार्यक्रम संयोजक अमजद अली मिकरानीले जानकारी गराए । १५ जनामा ९ जना बालबालिका करिब शुन्य बर्ष देखि १४ बर्ष मुनिको रहेको छ।बालबालिकामा यो रोग लाग्नु निकै गम्भिर रुपमा लिने गरेको भएपनि समयमा उपचार गर्न सके चाडै नै निको हुने उहाँले जानकारी दिनुभयो । यो रोग कुनै अभिसाफ नभएको भन्दै किटानुबाट सर्ने यो रोग समयमा उपचार गर्न सके दिघ्र कालिन रुपमा असर पार्न नसक्ने भन्दै समाजमा यस्ता रोगीहरुलाई हेला होइन दायको भावमा हेर्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।


समाजमा अरु नागरिक सरह उहाँहरुलाई पनि बाच्न पाउने अधिकारको ग्यारेन्टी राज्यले गर्नुपर्ने बताउदै हामी सबैले उहाँहरुलाई सम्मान व्यवहार गर्नु पर्दछ मिकरानीले थप्नुभयो। रोगको लक्षय देख्न साथ कुनै आत्म गलानी बोध नगरी खुलेर स्वास्थ्यकर्मीहरुलाई देखाई चेकजाच गरि नियम औष्धी सेवन गर्नुपर्ने धारणा ब्यतm गर्नु भएको थियो । रोग लागी सकेपछि डाक्टरको निगरानीमा स्वास्थ्य संस्थाबाट पाउने निशुल्क औष्धी नियमति सेवन गर्नु पर्ने उहाँको तर्क रहेको थियो ।


आर्थिक बर्ष २०८१÷८२ सालमा जिल्लामा १ सय ३७ जना सो रोगका विरामी फेला परेको थियो भने धेरै जना औषधी सेवक गरेर निको समेत भईसकेको उहाँले जानकारी दिनुभयो। जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख चेतनाथ पंडित अधिकृत भागरित चौधरी कलैया उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत शैलेस महतो नेपाल प्रस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेष्ठ आयोजनाको फोकल पर्सन दिपेश यादव लगायतले आफनो बिचार व्यक्त गर्दै समाजमा कुष्ट रोग सम्बन्धी जनचेतना जगाउनु पर्ने धारणा ब्यक्त गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button