
सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार शुक्रबार बिहान करिब ११ बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सारको मुख्य गेटमा चेकजाँचका क्रममा बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलमा सवार तुरहालाई नियन्त्रणमा लिइएको हो। जाँचका क्रममा उनले मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा उक्त अवैध रकम बरामद गरिएको प्रहरीले जानकारी गराएको छ।
प्रहरीका अनुसार बरामद रकममध्ये नेपाली एक हजार दरका १,३०२ थान, पाँच सय दरका १,४०० थान, ५० दरको १ थान र भारतीय एक सय दरका ६ थान नोट रहेका छन्। उनको साथबाट सामसुङ ग्यालेक्सी ए १५ मोडेलको एक थान मोबाइल र वीरगञ्ज भन्सार एजेन्ट संघ पर्सा लेखिएको परिचयपत्रसमेत बरामद भएको छ ।
पक्राउ परेका तुरहालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी गराएको छ ।



