ब्राह्मण समाज नेपाल बाराले ३० गते शनिबार जिल्ला भेला गर्ने गर्यो निर्णय।

न्यूज डेकस
कलैया – ब्राहमण समाज नेपालको बारा जिल्ला अधिबेशन त्यारि सचिवालय समितिले निर्धारण गरेको मितिमा जिल्ला अधिबेशन गर्ने भएको छ । आज बुधबार जिल्ला अधिवेशन समितिको त्यारि बैठकमा केन्द्रिय उपाध्यक्ष एवं मधेस प्रदेश ईन्चार्ज देवानन्द उपाध्यायको प्रमुख आतिथ्यता र का.बा.अध्यक्ष मुक्तिनाथ तिवारिको बिशेष उपस्थितिमा कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित देवकिलाल धर्मशालामा बैठक सम्पन्न भएको थियो।
केहि समुगत व्यक्तिले अचानक आज दिउसो २ बजे अधिबेशन स्थगित गरिएको फर्जी म्यान्युटको उतार सामाजिक संजालमा हालेका थिए । उक्त म्यान्युट देखिएपछि आजको बसेको बैठकमा आपत्ति जनाईएको थियो। केन्द्रिय उपाध्यक्ष देवानन्द उपाध्याय र जिल्ला का.बा. अध्यक्ष मुक्तिनाथ तिवारिको अध्यक्षतामा फाल्गुन यहि ३० गते ब्राह्मण समाज नेपालको निजि स्थान कलैया उपमहानगरपालिका वडा नम्बर ७ स्थित पावर हाउसको पुर्ब रहेको प्राङ्गणमा शनिबार बिहान ११ बजे जिल्ला भेला गर्ने सर्ब-सम्मत निर्णय गरिएको छ। 
बैठकमा भेला त्यारी समितिका सचीव अनिल कुमार पाण्डे आनन्द तिवारी संजय तिवारी बृजकिशोर पाण्डे राजेश्वर तिवारी जटाशंकर मिश्र संजीव कुमार मिश्र आशुतोष पाण्डे प्रीन्स दुबे सुजित कुमार पाण्डे बृजकिशोर मिश्रा कृष्ण दुबे धिरेन्द्र तिवारी मुनचुन तिवारी लगायतको उपस्थिति रहेकोे थियो ।



