अन्तर्राष्ट्रियकृषिखेलकुदप्रदेश खबरराजनीतिराष्ट्रियशिक्षासमाचारसूचना-प्रविधिस्थानीय

भेडिहारीमा एमाले प्रवेश

पर्सा—पर्साको कालिकामाई गाउँपालिका वडा नं. ३ भेडिहारीमा नेकपा एमाले क्षेत्र नम्बर ४ ले आयोजना गरेको कोणसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल का नेता शेख अरमान खाँसहित सयौँ नेता–कार्यकर्ताले जसपा नेपाल परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। साथै बिरञ्चीबर्वा, हरिहरपुर बिर्ता, छिपहरमाई गाउँपालिकालगायत क्षेत्रबाट अन्य दलका नेता–कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गरेका छन्।
पार्टी प्रवेशपछि बोल्दै शेख अरमान खाँले अबदेखि नेकपा एमालेमा रहेर प्रतिनिधिसभा सदस्य उम्मेदवार जालिम मियाँ लाई जिताउन इमानदारीपूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे।
नवप्रवेशीहरूलाई एमालेका नेताहरू विश्वम्भर शर्मा, पूर्व सांसद प्रभु हजरा, उम्मेदवार जालिम मियाँ, जिल्ला उपाध्यक्ष मनोज कुमार गुप्ता तथा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले गमछा र अबिरको टीका लगाई स्वागत गरेका थिए।
कार्यक्रम कालिकामाई गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष सोनालाल प्रसाद चौरसियाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button