राष्ट्रियसमाचार

भन्सार छलीका १२ कार्टुन फुजी स्याउ प्रहरी द्वारा बरामद

बारा, असार १० – बारा प्रहरीले भन्सार छली गरी भण्डारण गरेर राखिएको फुजी स्याउ बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार असार ९ गते राति ११ः३० बजेको समयमा सुवर्ण गाउँपालिका–४ हरदियास्थित चन्दन कुमार यादवको घरमा भन्सार छली गरी ल्याइएका अवैध फुजी स्याउ लुकाई छिपाई राखिएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले खटेको थियो।

उक्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कवहिगोठबाट  खटिएको प्रहरी टोलीले चन्दन कुमार यादवको घरमा खानतलासी गर्दा घरको एउटा कोठाभित्र भन्सार छली गरी भण्डारण गरेर राखिएको अवस्थामा १२  कार्टुन  फुजी स्याउ फेला पारेको थियो।

बरामद गरिएको स्याउको अनुमानित मूल्य रु. ७२ हजार रहेको  बारा प्रहरीले जनाएको छ। बरामद स्याउलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मीन बहादुर अलेले जानकारी गराउनु भएको छ।

प्रहरीले भन्सार छली तथा अवैध कारोबार नियन्त्रणका लागि सूचना संकलन र निगरानीलाई थप प्रभावकारी बनाउँदै यस्ता गतिविधिविरुद्ध कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button