राष्ट्रियशिक्षासमाचार

एनएमबि बैंक मिर्चैया शाखाद्वारा ब्रम्हचारी दामोदरानन्द कलेजलाई सी.सी टिभी.क्यामेरा हस्तान्तरण

सिरहा, मिर्चैया –  एनएमबि बैंक लिमिटेड, मिर्चैया शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत शुक्रबारका दिन सिरहाको मिर्चैया नगरपालिका–५ स्थित श्री ब्रम्हचारी दामोदरानन्द कलेजलाई चार थान सी.सी टिभी क्यामेरा तथा त्यसमा आवश्यक पर्ने  उपकरण हस्तान्तरण गरेको छ।

बैंक र कलेजबीच सामुदायिक सेवा सुविधा थप सहज र प्रभावकारी बनाउने उद्देश्यसहित भएको सहमति अनुसार सि.सि. टिभी हस्तान्तरण गरिएको छ । उक्त आयोजित कार्यक्रममा बैंकका एरिया प्रबन्धक कमलेश प्रसाद यादव, शाखा प्रबन्धक राजकुमार गुप्ता, सहायक प्रबन्धक संगीता कुमारी महतो तथा ऋण अधिकृत अनमोल कुमार यादवको उपस्थितिमा कलेज प्रमुख संजय कुमार साहलाई उक्त सामग्री हस्तान्तरण गरिएको छ । कलेजद्वारा आयोजित कार्यक्रमको सञ्चालन उप–प्राध्यापक विवेक कुमार मण्डलले गरेका थिए। कार्यक्रममा एरिया प्रबन्धक कमलेश प्रसाद यादवले बैंकले सञ्चालन गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमका उद्देश्य र विभिन्न सामाजिक योगदानबारे जानकारी गराए।

कलेजका शिक्षक  जिबछ कुमार साहले बैंकका प्रतिनिधिहरूलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए। कलेज प्रमुख संजय कुमार साहले सामुदायिक कलेजको भौतिक, शैक्षिक तथा सामाजिक विकासमा सरकार, विभिन्न संघ संस्था तथा सहयोगी दाताहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै एनएमबि बैंकको सहयोगप्रति आभार व्यक्त गरे। साथै साहले  यस्ता सहयोगात्मक कार्यक्रम आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गरेका हुन। कलेज प्रमुख साहले उपस्थित बैंकका सम्पूर्ण प्रतिनिधिहरूप्रति धन्यवाद ज्ञापन व्यक्त गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button