Uncategorized

मधेश प्रदेशमा ट्राफिक व्यवस्थापन सुधारका लागि उच्चस्तरीय समीक्षा गोष्ठी सम्पन्न

धिरेन्द्र तिवारी –

जेष्ठ – १८ जनकपुरघाम – मधेश प्रदेशमा बढ्दो सवारी चाप, सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रदेशस्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी सम्पन्न भएको छ।

सडक सुरक्षा सबैको जिम्मेवारी भन्ने मूल नारासहित आयोजित गोष्ठीमा मधेश प्रदेशका विभिन्न जिल्लाका ट्राफिक प्रहरी प्रमुख, नेपाल प्रहरीका वरिष्ठ अधिकृत तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रदेशभरको ट्राफिक व्यवस्थापनको अवस्था, सडक दुर्घटनाका कारण, चुनौती तथा सुधारका उपायबारे गहन समीक्षा गरिएको थियो।

गोष्ठीका  बिष्ट अतिथि प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारीरले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, सवारी चालक तथा सर्वसाधारणमा सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि, र प्रविधिको प्रयोगमार्फत ट्राफिक निगरानीलाई अझ विस्तार रुपले  दुर्घटना न्यूनीकरणका सम्बन्धित  प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा मधेश प्रदेशका  जिल्लाहरूमा सञ्चालन भइरहेका ट्राफिक व्यवस्थापन अभियान, दुर्घटना न्यूनीकरणका लागि गरिएका प्रयास तथा आगामी कार्ययोजनाबारे समेत विस्तृत छलफल भएको थियो। सहभागीहरूले ट्राफिक व्यवस्थापनलाई नागरिकमैत्री, पारदर्शी र परिणाममुखी बनाउन साझा प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग तथा मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सम्पन्न उक्त गोष्ठीले प्रदेशभर एकरूप र प्रभावकारी ट्राफिक व्यवस्थापन प्रणाली विकास गर्न महत्वपूर्ण आधार तयार गरेको विश्वास लिइएको छ।

गोष्ठीको समापनमा सहभागी ट्राफिक प्रहरी अधिकारीहरूले सामूहिक रूपमा दुर्घटनारहित, सुरक्षित र व्यवस्थित मधेश निर्माणका लागि अझ बढी जिम्मेवारीका साथ कार्य गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री फकिरा महतोले पान्समा दियो बाली कार्यक्रमलाई उदघाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button