कलैयाकी अभियानता कुशवाहाको विशेष पहलमा मन्दिर परिसरलाई स्वच्छ, सफा र आकर्षक बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियान सम्पन्न।

दिपेश कुशवाह
कलैया, बारा। कलैयाकी अभियानता कुशवाहाको विशेष पहलमा आमन्दिर परिसरलाई स्वच्छ, सफा र आकर्षक बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा सम्पन्न।
सहभागीहरूले सरसफाइसँगै धार्मिक तथा सार्वजनिक स्थलको संरक्षणमा सामूहिक उत्तरदायित्वको सन्देश दिएका थिए। सहभागीहरूको सक्रिय योगदानका कारण अभियान प्रभावकारी र उपलब्धिमूलक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।योजित बृहत् सरसफाइ अभियान सम्पन्न।
भएको छ। धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्व बोकेको श्री रामजानकी मन्दिर परिसरमा सम्पन्न उक्त अभियानमा विभिन्न संघसंस्था, समाजसेवी, युवा वर्ग तथा सहयोगी मित्रहरूको उत्साहजनक सहभागिता रहेको थियो।
मन्दिर परिसरलाई स्वच्छ, सफा र आकर्षक बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा सहभागीहरूले सरसफाइसँगै धार्मिक तथा सार्वजनिक स्थलको संरक्षणमा सामूहिक उत्तरदायित्वको सन्देश दिएका थिए। सहभागीहरूको सक्रिय योगदानका कारण अभियान प्रभावकारी र उपलब्धिमूलक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
अभियान सम्पन्न भएपछि आयोजकले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था, समाजसेवी, युवा तथा सहयोगी मित्रहरूप्रति हृदयदेखि नै आभार व्यक्त गरेका छन्। सामूहिक प्रयास, सेवाभाव र सामाजिक उत्तरदायित्वकै कारण अभियान सफल भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता जनहितमुखी तथा सामाजिक अभियानहरूमा सबैको निरन्तर साथ, सहयोग र सहभागिता रहने विश्वास व्यक्त गरिएको छ।
आयोजकले स्वच्छ, सफा, सभ्य र जिम्मेवार समाज निर्माणका लागि सबै नागरिकलाई एकजुट भई सामाजिक सेवाका कार्यहरूमा सक्रिय सहभागिता जनाउनसमेत आग्रह गरेका छन्।



