राष्ट्रियसमाचार

बसपार्कबाट मात्र सबै रुटका सवारी  सञ्चान हुने :- निम्ति प्रमुख यादव 

 कलैया – बाराको कलैया उपमहानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्नकालागी सबै रुटका सवारी साधन कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित रहेकोे बसपार्क बाट सञ्चालन हुने सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ।

कलैया उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद यादवले शुक्रबार सूचना जारी गर्दै भरत चोकदेखि पश्चिम, उत्तर तथा दक्षिणतर्फका सडकखण्डबाट सञ्चालन हुँदै आएका कलैयादेखि वीरगञ्ज, नारायणघाट र काठमाडौंका लागि बस, मिनीबस, म्याजिक, टेम्पो, ईभी माइक्रो र टाटा सुमो लगायतका सम्पूर्ण सवारी साधन अब वडा नं. ४ स्थित बसपार्कबाट मात्रै सञ्चालन गर्न निर्देशन दिएका हुन्।

कलैया उपमहानगरपालिकाले बजार क्षेत्रमा बढ्दो ट्राफिक चापलाई नियन्त्रण गर्दै यातायात व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन उक्त निर्णय लागू गरिएको जनाएको छ। साथै सम्बन्धित यातायात व्यवसायी तथा चालकहरुलाई निर्णयको कार्यान्वयन गर्न आग्रह गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button