राष्ट्रियसमाचार

सरकारी विज्ञापनमा विभेदविरुद्ध बाराका पत्रकार आन्दोलित: महासंघको नेतृत्वमा प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र।

बारा –  ​नेपाल पत्रकार महासंघ बारा शाखाले सरकारी विज्ञापन तीनै तहका सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णयप्रति कडा आपत्ति जनाउँदै। केन्द्रिय सर्कुल अनुसार बिहिवार बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

महासंघका अध्यक्ष रमेश सुबेदीको नेतृत्वमा गएको विभिन्न मिडियामा कामगर्ने सञ्चारहरुको टोलीले उक्त निर्णयलाई विभेदकारी र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै तत्काल सच्याउन माग गरेको छ। जसमा निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई वञ्चित गर्दा मोफसलका सञ्चार गृहहरू आर्थिक संकटमा पर्ने र पत्रकारहरूको रोजगारी गुम्ने चिन्ता व्यक्त गरिएको छ । केन्द्रीय सदस्य सिकेन्द्र पासवान मधेस प्रदेश कोषाध्यक्ष अनिल कुमार गौरव सहितका वरिष्ठ पत्रकार सत्यप्रकाश श्रेष्ठ लगायत विभिन्न सञ्चारमाध्यमका  पत्रकारहरूको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको छ।

उक्त ज्ञापनपत्रमा बुुझाउने बेलामा सबै प्रकारका सञ्चारमाध्यमा काम गर्ने सञ्चारकर्मीहरुको सहभागिता रहेकोे थियो । त्यसतै सबैको समान रूपमा विज्ञापन वितरण गरी निष्पक्ष नीति अवलम्बन गर्न आग्रह सहित मागगरीएको छ। माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button