राष्ट्रियसमाचारस्थानीय

उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै सम्पन्न भयो छठ पर्व

बारा । आस्थाको महापर्व छठ उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ। चार दिनसम्म श्रद्धा, निष्ठा र भक्तिभावका साथ मनाइने छठ पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले जलाशय, पोखरी, नदी तथा विभिन्न छठघाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन्।

छठ पर्वको अन्तिम दिन बिहानैदेखि व्रतालुहरू परिवारजनसहित छठघाटमा भेला भएका थिए। उनीहरूले परम्परागत विधिअनुसार पूजा सामग्री, फलफूल, ठेकुवा, कसारलगायत प्रसाद चढाउँदै सूर्यदेव र छठी माताको पूजा–आराधना गरेका थिए।

सन्तानको सुख, परिवारको समृद्धि, स्वास्थ्य, दीर्घायु तथा मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ श्रद्धालुहरूले कठोर व्रत बसेर छठ पर्व मनाएका हुन्। यस पर्वले प्रकृति, सूर्य र जलप्रतिको सम्मानसँगै धार्मिक आस्था, सामाजिक सद्भाव, पारिवारिक एकता तथा आपसी भाइचाराको सन्देशसमेत प्रवाह गरेको छ।

उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि व्रतालुहरूले प्रसाद ग्रहण गर्दै छठ पर्वको समापन गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button