राष्ट्रियसमाचारस्थानीय

सौरभ पाण्डेको पहलमा आर्थिक अभावमा रहेका परिवारलाई छठ सामग्री वितरण

कलैया । छठ पर्वको अवसरमा आर्थिक अभावका कारण कुनै पनि परिवार पर्व मनाउनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले जेन–जि एन्ड युथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेको पहलमा बाराको कलैया उपमहानगरपालिकाका विभिन्न वडामा छठ पूजाका सामग्री वितरण गरिएको छ।

अध्यक्ष पाण्डेको पहलमा कलैया उपमहानगरपालिका वडा नं. १ को सुन्दरबस्ती, वडा नं. ३, वडा नं. १७ को ब्रह्मपुरी, वडा नं. २५ को सिसहनिया तथा वडा नं. २६ र २७ का विभिन्न टोलमा आर्थिक रूपमा विपन्न तथा आवश्यकतामा रहेका परिवारलाई साडी, नरिवल, स्याउ र केरा लगायतका छठ पूजाका सामग्री वितरण गरिएको हो।
त्यसैगरी, विभिन्न स्थानमा रहेका छठघाटको व्यवस्थापन तथा सजावटका लागि आर्थिक सहयोगसमेत उपलब्ध गराइएको छ।
छठ पर्व सबैको साझा आस्था र संस्कृतिसँग जोडिएको पर्व भएकाले आर्थिक अभावमा रहेका परिवारले पनि सम्मानपूर्वक र हर्षोल्लासका साथ पर्व मनाउन सकून् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको अध्यक्ष पाण्डेको पहललाई सामाजिक रूपमा सकारात्मक कदमका रूपमा हेरिएको छ।

यस अभियानलाई सफल बनाउन A Plus Hospital, Kalaiya Hospital Pvt. Ltd., व्यापारी नन्देश साह, मदन वस्त्रालय, New Shree Shyam वस्त्रालय, हाम्रो GenZ Team तथा GenZ & Youth of Bara लगायतले आर्थिक तथा भौतिक सहयोग गरेका छन्।

सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै अध्यक्ष पाण्डेको नेतृत्वमा सञ्चालन गरिएको यस अभियानले विपन्न परिवारको अनुहारमा खुसी ल्याउनुका साथै सामाजिक सद्भाव, आपसी सहयोग र एकताको सन्देश प्रवाह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button