राष्ट्रियसमाचार

रौतहटमा खुकुरी प्रहारबाट एक महिलाको हत्या

प्रेमचन्द्र झा
गाैर – रौतहटको गुजरा नगरपालिकामा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ।प्रहरीका अनुसार बिहीबार बिहान करिब १०ः३० बजे गुजरा नगरपालिका–५ हरिहरपुर टोल निवासी चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०/४५ वर्षीया रेनु देवी जयसवालमाथि धारिलो हतियार (खुकुरी) प्रहार भएको थियो। खुकुरी प्रहारबाट उनको घाँटीमा गम्भीर चोट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार बारा जिल्लाको करैयामाई गाउँपालिका–८ ईटहर बेलाही टोल घर भई हाल गुजरा–५ हरिहरपुरमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले खुकुरी प्रहार गरेको आरोप छ।

घटनापछि आक्रोशित स्थानीयले उपेन्द्र साह कलवारलाई कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट प्रहरी निरीक्षक रादेश कुमार खत्रीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का लगायत आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

घटनाको कारण र पृष्ठभूमिबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button