राष्ट्रियसमाचार

पत्रकार मिश्रमाथि भएको गालीगलौजको प्रेस चौतारी मधेसद्वारा भर्त्सना

बाराः रातोपाटी डटकमका रौतहट संवाददाता तथा अग्रज पत्रकार सञ्जय मिश्रमाथि सामाजिक सञ्जालमार्फत गरिएको निकृष्ट गालीगलौज र मानमर्दनको घटनाप्रति प्रेस चौतारी नेपाल, मधेस प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आम जनता पार्टी (आजपा) का सचिवालय सदस्य राजन साहले पार्टी परित्याग गरेको समाचार प्रकाशन गरेको विषयलाई आजपा अध्यक्ष एवम् पूर्वसांसद प्रभु साहको समर्थनमा सञ्चालित ‘आई सपोर्ट प्रभु’ नामक फेसबुक आईडीबाट पत्रकार मिश्रको फोटोसहित असभ्य भाषा प्रयोग गरी गालीगलौज गरिएको घटनाप्रति चौतारी मधेस प्रदेशले भर्त्सना र निन्दा गरेको छ ।

प्रेस चौतारी नेपाल मधेस प्रदेशका महासचिव दिवाकर भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘समाचारको विषयलाई लिएर चित्त नबुझेमा कानुनी उपचार खोज्ने ढोका खुल्ला हुँदाहुँदै पनि सामाजिक सञ्जालमा गालीगलौज गरेर पत्रकारको चरित्र हत्या गर्नु र धम्क्याउनु लोकतान्त्रिक र सभ्य समाजको उपहास हो ।

विज्ञप्तिमा राजनीतिक आडमा पत्रकारलाई मानसिक तनाव दिने र अपमान गर्ने उक्त फेसबुक पेज सञ्चालकको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन मानग गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button