प्रदेश खबरराष्ट्रियसमाचार

कलैयाको मट्टीअर्वा  स्थित नहरमा डुबेर ६ महिनाकी बालिकाको मृत्यु

बारा, साउन ८ — बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा नहरमा डुबेर ६ महिनाकी एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय मोबारक मियाकी ६ महिनाकी छोरी सनाया खातुन रहेकी छन्। प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ बजे घरको आँगनमा खेल्ने क्रममा आँगनसँगै उत्तरबाट दक्षिणतर्फ बगेको नहरमा डुबेर उनी गम्भीर घाइते भएकी थिइन्।

घटनापछि तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। अस्पतालमा चिकित्सकले ईसीजी (ECG) परीक्षण गर्दा साँझ करिब ६:३० बजे बालिकालाई मृत घोषणा गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मटिअर्वाबाट प्रहरी नायब निरीक्षक राकेश साहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। मृतक बालिकाको शव हाल प्रादेशिक अस्पताल कलैयामा राखिएको छ।

प्रहरीले घटनाको मुचुल्का तयार गर्ने तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button