कलैया उपमहानगरपालिका–१० मट्टीअर्वामा शिक्षक सेवा आयोग कक्षा सञ्चालक तयारी कक्षा सञ्चालन हुने

कलैया, बारा – कलैया उपमहानगरपालिका–१० मट्टीअर्वास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मा शिक्षक सेवा आयोगअन्तर्गत कक्षा सञ्चालक पदको तयारी कक्षा सञ्चालन हुने भएको छ।
आयोजक रामबाबु प्रसाद कुशवाहाका अनुसार तयारी कक्षामा अध्यापन अनुमति पत्र (आधारभूत र माध्यमिक तह) तथा शिक्षक सेवा आयोगको प्रथम र द्वितीय पत्र सम्बन्धी पाठ्यक्रम समेटिनेछ।
उक्त कक्षामा आयोगको पाठ्यक्रमअनुसार अनुभवी प्रशिक्षकबाट अध्यापन गराइने, नमुना प्रश्नपत्र, अध्ययन सामग्री तथा परीक्षा केन्द्रित मार्गदर्शन प्रदान गरिने जनाइएको छ।
शिक्षण पेशामा प्रवेश गर्न चाहने तथा शिक्षक सेवा आयोगको परीक्षाको तयारी गरिरहेका अभ्यर्थीलाई प्रभावकारी तयारीमा सहयोग पुर्याउने उद्देश्यले कक्षा सञ्चालन गर्न लागिएको आयोजक रामबाबु प्रसाद कुशवाहाले जानकारी दिए।
तयारी कक्षामा सहभागी हुन इच्छुक अभ्यर्थीले थप जानकारी तथा नाम दर्ताका लागि ९८५५०४९१०९ नम्बरमा सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ।



