राष्ट्रियशिक्षा

कलैया उपमहानगरको शिक्षा शाखाद्वारा जिन्जी एन्ड युवा समूहलाई विद्यालय अनुगमनको अनुमति, कानुनीवैधतामाथि प्रश्न

कलैया, बारा – कलैया उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विद्यालयहरूको शैक्षिक गुणस्तर, विद्यार्थीहरूको सिकाइ अवस्था, शैक्षिक वातावरण तथा समस्याबारे जानकारी लिन जिन्जी एन्ड युवा अफ बाराका प्रतिनिधिहरूलाई अनुगमन गर्न अनुमति दिएको पत्र सार्वजनिक भएपछि यसको कानुनी आधारबारे विभिन्न तहमा प्रश्न उठ्न थालेको छ।

२०८३ असार १५ गते शिक्षा शाखाबाट जारी पत्रमा सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सम्बोधन गर्दै जिन्जी एन्ड युवा अफ बाराका प्रतिनिधिहरूलाई विद्यालय अनुगमनमा सहयोग गर्न अनुरोध गरिएको छ। पत्रमा सरोज पाण्डे, सुरज खनाल, अशोक पण्डित, सौरभ पाण्डेय, रितिक साह र आनन्दलाई अनुगमन टोलीका रूपमा उल्लेख गरिएको छ। उक्त पत्रमा शिक्षा शाखाका अधिकृत राजीव कुमार यादवको हस्ताक्षर रहेको देखिन्छ। यस विषयलाई लिएर केही शिक्षा सरोकारवाला तथा स्थानीय तहमा विद्यालय अनुगमन गर्ने अधिकार शिक्षा समिति तथा सम्बन्धित सरकारी निकायको हुने भएकाले निजी वा गैरसरकारी समूहलाई यस्तो अनुमति दिनु प्रचलित कानुनअनुसार हो वा होइन भन्ने विषयमा प्रश्न उठेकोछ!

यद्यपि, उपमहानगरपालिका वा शिक्षा शाखाले उक्त अनुमति कुन कानुनी आधारमा दिएको हो भन्ने विषयमा औपचारिक स्पष्टीकरण सार्वजनिक गरेको छैन। यस विषयमा शिक्षा शाखा प्रमुख राजीव कुमार यादव सङ्ग प्रतिक्रिया लिदा उहाँहरुले एउटा  अभिभावक रूपमा रहेको र उहाँहरु अनुगमनमा जादा सम्बन्धित विधायालयका प्र.अ सङ्ग शिक्षाको गुणस्तर दिवा खाजाको गुणस्तर बिधायालयको भौतिक र विद्यार्थीको संख्या अनुपात बारे जानकारी लिएर कलैया उपमहानगरपालिकाको शिक्षा शाखालाई दिने गरेको शिक्षा शाखा प्रमुख राजिव यादवले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button