प्रदेश खबरराष्ट्रियसमाचार

सशस्त्र प्रहरी क्याम्पमाथि गम्भीर आरोप : ‘घुमुवा’ परिचालन गरी अवैध असुली भएको गुनासो, निष्पक्ष छानबिनको माग

जेष्ठ – २२

कलैया, बारा । बारा जिल्लाको बरियारपुरस्थित सशस्त्र प्रहरी बलको क्याम्पले ‘घुमुवा’ परिचालन गरी विभिन्न स्थानबाट अवैध रूपमा रकम असुली भइरहेको भन्ने गुनासो सार्वजनिक रूपमा बढेको छ । उक्त घटनाले स्थानीय तहमा चासो र बहस बढेको छ। स्थानीय व्यवसायी, तथा सर्वसाधारणका अनुसार सुरक्षा निकायले  सदापोसाकमा प्रहरी परिचालन गरि आर्थिक लाभ लिने प्रयास गरेको शस्त्र प्रहरी माथी आरोप लागेको छ ।

स्थानीय स्रोतहरूका अनुसार सीमा क्षेत्र तथा मुख्य सडकखण्डमा आवतजावत गर्ने मालवाहक सवारीसाधन, व्यापारी तथा अन्य सेवाग्राहीहरूमाथि अनावश्यक दबाब सिर्जना गरी रकम माग्ने कार्य भइरहेको भन्ने गुनासो पटक–पटक आउने गरेको छ। यस्ता गतिविधिका कारण व्यवसायी तथा सर्वसाधारणले सास्ती खेप्नुपरेको दाबी गरिएको छ।
सुरक्षा निकायको मुख्य जिम्मेवारी नागरिकको सुरक्षा, शान्ति सुव्यवस्था कायम गर्नु र कानुनको कार्यान्वयन गर्नु भए पनि यदि त्यही निकायसँग जोडिएर अवैध असुलीका गतिविधि भइरहेको पुष्टि भए त्यसले संस्थाको छविमा गम्भीर असर पार्ने स्थानीयको भनाइ छ। उनीहरूले यस्ता आरोपप्रति सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने र सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्।

यस विषयमा सशस्त्र प्रहरी बलका सम्बन्धित अधिकारीहरूको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी रहेको छ। आरोपको स्वतन्त्र र निष्पक्ष अनुसन्धानपछि मात्र वास्तविक अवस्था स्पष्ट हुने देखिएको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button