
बारा, असोज २५- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरा टोलस्थित अधिएज ग्लास हाउस कम्पनीमा काम गर्ने क्रममा करेन्ट लागेर एक कामदार घाइते भएका छन्।
घाइते हुनेमा पर्साको बहुदरमाई नगरपालिका–५ विश्रामपुर टोल निवासी अन्दाजी ३६ वर्षीय सौखी देवान रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मिति २०८३ साल असोज २४ गते राति करिब ८:३० बजे कम्पनीमा वायरिङ गर्ने क्रममा देवानलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि वीरगञ्जस्थित बयोध्या अस्पतालमा लगिएको छ। अस्पतालमा उनको उपचार भइरहेको र अवस्था मध्यम रहेको जनाइएको छ।
घटनाबारे राति करिब ९ बजे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जीतपुर, बाराबाट प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान तथा आवश्यक बुझ्ने कार्य गरिरहेको जनाएको छ।



