राष्ट्रियसमाचारस्थानीय

ऐतिहासिक दुर्गा मन्दिर निर्माणदेखि वडाका पूर्वाधार समस्या समाधानमा मन्त्री समीरको चासो

बारा । कलैया उपमहानगरपालिका–५ र ७ अन्तर्गत पर्ने बरेवा बैरियामा रहेको ऐतिहासिक दुर्गा मन्दिरको निर्माण तथा स्थानीय वडाका विभिन्न समस्या र आवश्यक पूर्वाधार विकासका विषयमा मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री माननीय महमम्द समीरले स्थानीय अगुवाहरूसँग छलफल गर्नुभएको छ।

स्थानीयवासी तथा वडाका अगुवाहरूसँग भएको छलफलका क्रममा मन्दिर निर्माणसँगै वडामा आवश्यक भौतिक पूर्वाधार, विकास निर्माण तथा स्थानीयस्तरमा देखिएका विभिन्न समस्याबारे जानकारी लिइएको थियो। छलफलका क्रममा स्थानीय अगुवाहरूले आफ्नो क्षेत्रका समस्या, विकास निर्माणका आवश्यकता तथा ऐतिहासिक दुर्गा मन्दिरको संरक्षण र निर्माणसँग सम्बन्धित विषय मन्त्री समीरसमक्ष राखेका थिए।

स्थानीयका समस्या तथा मागबारे जानकारी लिएपछि मन्त्री समीरले आवश्यक समस्या समाधानका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक पहल तथा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले स्थानीय तह र प्रदेश सरकारबीच समन्वय र सहकार्यबाट विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो। स्थानीय समस्याको पहिचान गरी प्राथमिकताका आधारमा आवश्यक पूर्वाधार निर्माण तथा विकासका काम अघि बढाउने प्रतिबद्धता मन्त्री समीरले व्यक्त गर्नु भएको बताइएको छ।

मन्त्री समीरले स्थानीय जनताको आवश्यकता र मागलाई ध्यानमा राख्दै विकास निर्माणका कामलाई अगाडि बढाउन आफू निरन्तर पहल गर्ने उल्लेख गर्नुभयो। “स्थानीय समस्या समाधान, समृद्ध कलैया हाम्रो साझा लक्ष्य” भन्ने अवधारणाका साथ स्थानीयस्तरका समस्या समाधान तथा आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री समीरको भनाइ रहेकोे  छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button