बारा । कलैया उपमहानगरपालिका वडा नम्बर –११ र १२ स्थित सितलपुर, विश्रामरपुरमा श्री मुआमाई मेला सुरु भएको छ । श्री मुआमाई मेला समितिको आयोजनामा सञ्चालन भइरहेको मेलाको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साहले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

मुआमाई मेलामा स्थानीय तथा विभिन्न क्षेत्रका श्रद्धालु भक्तजनको सहभागिता रहेको आयोजकले जनाएको छ । मेलामा धार्मिक कार्यक्रमसँगै विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत आयोजना रहेकोे मेला समितिका अध्यक्ष यादवले जानकारी दिनुभयो ।
मेला २०८३ साल असोज १६, १७ र १८ गतेसम्म सञ्चालन हुनेछ । आयोजकले मेलामा सहभागी भई धार्मिक तथा सांस्कृतिक कार्यक्रमको अवलोकन गर्न सम्पूर्ण श्रद्धालु भक्तजनलाई आग्रह गरेको छ ।
मेला समितिका अनुसार मेला अवधिभर भक्तजनको सुविधालाई ध्यानमा राख्दै आवश्यक व्यवस्थासमेत मिलाइएको छ ।



