राष्ट्रियसमाचारस्थानीय

पोखरीमा डुबेको अवस्थामा २८ वर्षीय युवक मृत फेला

प्रेमचन्द्र झा

रौतहट – रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा एक युवक पोखरीमा मृत अवस्थामा फेला परेका छन्।

स्थानीयका अनुसार फतुवा विजयपुर–१ बैरगिनिया टोलका रामहरी दासका करिब २८ वर्षीय छोरा राजेश दास सोही स्थानका अरबिन्द यादवको पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन्।

राजेश पोखरीमा घोप्टो परेको अवस्थामा रहेको भन्दै स्थानीयले बिहान प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सन्तपुर लक्ष्मिनियाबाट प्रहरी नायब निरीक्षक विनोद पासवानको कमाण्डमा टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट प्रहरी निरीक्षक रादेश कुमार खत्रीको कमाण्डमा सोको सहितको टोली समेत घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।
युवकको मृत्यु पोखरीमा डुबेर भएको हो वा अन्य कुनै कारणबाट भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनाको विस्तृत कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button