राष्ट्रियसमाचारस्थानीय

सिसहनियाँ चोकमा दुर्गा पूजा सेवा समिति गठन, अध्यक्षमा कपिलदेव यादव

धिरेन्द्र तिवारी 

बारा –  सिसहनियाँ चोकमा २०८३  वर्षको लागी श्री दुर्गा पूजा व्यवस्थापन तथा सञ्चालनका लागि  समिति गठन गरिएको छ। समितिको अध्यक्षमा कपिलदेव प्रसाद यादव चयन भएका हुन । यादवको अध्यक्षतामा नवगठित दुर्गा पुजा समितिलाई दुर्गा पूजा तथा धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने जिम्मेवारी दिको जनाइएको छ। बैठकमा स्थानीय समाजसेवी, युवा तथा समितिका सदस्यहरूको सहभागिता उल्लेखनीय रहेको थियो।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा सत्यनारायण मण्डल, उपाध्यक्षमा राजेन्द्र केशरी, महासचिवमा मनोज साह तेली सचिवमा संजय पटेल र कोषाध्यक्षमा अजय ठाकुर चयन भएका छन्। त्यस्तै सह–कोषाध्यक्षमा जयमंगल पटेल, उपसचिवमा मुन्ना गुप्ता र रविन्द्र साह चयन भएका छन्।
समितिको वरिष्ठ सल्लाहकारमा मानवी राजन कुर्मी, संजय प्रसाद साह तेली, राजु गुप्ता, प्रमोद पटेल, चन्दन पटेल र प्रधुमन दुबे रहेका छन्। समितिमा अजीत केशरीलगायतका सदस्य  रहेका छन्।

नवनिर्वाचित समितिले आगामी दिनमा दुर्गा पूजा कार्यक्रमलाई भव्य, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। साथै धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै सामाजिक सेवाका गतिविधिलाई समेत निरन्तरता दिने जनाएको छ।  यस बर्षको दुर्गा पुजाको घटस्थापना असोज २५ गते परेको छ। त्यसतै विजय  दशमी कार्तिक ४ गते परेको हो।

समितिले “एकता, सेवा र संस्कृति हाम्रो पहिचान” भन्ने मूल भावनाका साथ दुर्गा पूजा आयोजना तथा व्यवस्थापनमा स्थानीय समुदायको सहयोग र सहभागिता जुटाउने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button