बिरगंजको बिधालयहरुमा ६ दिन गर्मी बिदा थप: अत्यधिक तामक्रम बढदा जनजीवन अस्तव्यस्त
उज्यालो न्युज
सामुदायिक तथा सार्वजनिक विद्यालयहरूमा असार १ गतेदेखि ६ गतेसम्मका लागि गर्मी बिदा थप गरिएको महानगरपालिकाले जानकारी गराएको छ।
यसअघि महानगरपालिकाले जेठ २९ र ३० गते दुई दिन मात्रै गर्मी बिदा दिएको थियो। तर, गर्मी कम हुनुको सट्टा झन् बढ्दै गएपछि महानगरपालिकाले शनिबार जेठ ३१ गते) सूचना जारी गर्दै विद्यालयहरूमा असार १ देखि ६ गतेसम्मका लागि थप बिदा गर्ने निर्णय गरेको हो।
पर्सा, बारा लगायत मध्यतराईका जिल्लाहरूमा अहिले गर्मी अत्यधिक बढिरहेको छ। यस क्षेत्रमा केही दिनयता तापक्रम बढेर अधिकतम ४१ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ, जसले गर्दा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ। बालबालिकालाई गर्मीबाट जोगाउन र उनीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै यो बिदा थप गरिएको महानगरपालिकाले सूचना निकाली जानकारी गराएका छन।
