ज्ञानदा एकेडेमीले पत्रकार सम्मेलन गरी कम शुल्कमा गुणस्तरिय शिक्षा दिइएको कार्यकारी निर्देशक कोईराला 

33

उज्यालो न्युज

जेष्ठ -२२ गते 

बारा – पर्साको बिरगन्जस्थित रहेकोे ज्ञानदा एकेडेमी स्कुलले  विहिबार बाराको सदरमु कलैयामा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो शैक्षिक गतिविधिहरु  सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले एकेडेमीको शैक्षिक गतिविधिबारे आफ्ना धारणा राखेका थिए ।

कोइरालाले १४ बर्ष पुरानो यो एकेडेमीको मधेश प्रदेशमै उत्कृष्ट पूर्वाधार र शैक्षिक गुणस्तर रहेको बताए । ५ बिघा परिसरमा फैलिएको यस एकेडेमीले नर्सरी देखि कक्षा १२ सम्मको पठन पाठन गरी रहेको छ । हाल एकेडेमीमा करीब १ हजार २ सय विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयमा केवल अध्ययन अध्यापन मात्र नभई खेलकुद, स्विमिङ, संगित आदि अतिरिक्त क्रियाकलापलाई पनि उत्तिक्कै प्राथमिकता दिइएको उनले दाबी गरे । भारतको दार्जिलिङ,दिल्ली,मुम्बई,पुना, देहरादुनका चर्चित विद्यालय तथा कलेजहरुको गुणस्तरको शिक्षा वीरगन्जमा एकेडेमीले उपलब्ध गराई रहेको उनले बताए ।

२ बर्ष देखि संस्कृत बिषयको पनि अध्यापन विद्यालयमा अनुशासनलाई पनि उत्तिक्कै प्राथमिकता दिइएको उनले बताए । ज्ञानदा एकेडेमीमा नर्सरी देखि कक्षा १० सम्मको अध्ययन शुल्क अत्यन्त म“हगो रहेको भनि लाग्ने गरेको आरोप गलत रहेको बताउदै कोइरालाले वीरगन्जकै अन्य संस्थागत विद्यालय भन्दा ज्ञानदा एकेडेमीको शुल्क कमनै रहेको दाबी गरेका थिए । कक्षा ११ र १२ को शुल्क पनि वीरगन्जका अन्य कलेज भन्दा कमनै रहेको उनको दाबी थियो । एकेडेमीमा कक्षा ११ र १२ मा हाल विज्ञान, वाणिज्य र कानून संकायको अध्यापन हुने गरेको छ । आउदो शैक्षिक सत्र देखि विद्यालयमा स्नातक तहको इन्ट्रिगेटेड म्यानेजमेन्ट प्रोगाम पनि सन्चालन गर्न लागेको जानकारी उनले सार्वजनिक गरेका थिए ।

पत्रकार सम्मेलनमा सन्चारकर्मीहरुले आफ्नो जिज्ञासा राखेका थिए । पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले कलैयाको नजिक रहेको वीरगन्जमा गुणस्तरिय शिक्षा दिने ज्ञानदा एकेडेमीले पत्रकार सम्मेलन मार्फत आफ्नो शैक्षिक गतिविधि र अतिरिक्त क्रियाकलापहरु बारे जानकारी दिएर एकेडेमीको बारेमा रहेको भ्रमहरु कुराहरूलाई चिर्ने काम गरेको बताए ।

Leave A Reply

Your email address will not be published.