प्रहरी प्रधान कार्यालयले घुमुवा प्रहरीको आर्थिक असुलीबारे छानबिन गर्न बाराबाट CDR शाखाका प्रहरी हवालदारलाई मुख्यालय तानिए। तर ईलाका प्रहरी कार्यालय सिम्रौौनगढका घुमुवा प्र.ज.सहनीलाई दिए छुट्ट।
कलैया – प्रहरी प्रधान कार्यालयले घुमुवा प्रहरीको आर्थिक असुलीबारे छानबिन गर्न बाराबाट CDR शाखाका प्रहरी हवालदार सदाम हुसेनलाई मुख्यालय तानिएको छ । तर ईलाका प्रहरी कार्यालय सिम्रौौनगढका ईलाकामा बिगत ४ बर्ष देखि सदापोसाक रही घुमुवाको रूपमा आर्थिक असुली गर्दै आईरहेका प्रहरी जवान सत्रुधन सहनीलाई प्रहरी प्रधान कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधमले सूचना संकलनको नामा तस्करहरु संङ्ग पैसा असुली गर्न छुट्ट दिएका छन।
सादा पोसाकमा घुमुवाका रूपमा खटिँदै आर्थिक असुली गरेको गम्भीर उजुरी परेपछि बारा र पर्सामा लामो समयदेखि कार्यरत केही प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालय नक्सालले छानबिनका लागि बोलाएको छ।प्रहरी प्रधान कार्यालयले पुस २० गते पत्राचार गर्दै सम्बन्धित प्रहरीलाई आवश्यक सरसामग्रीसहित पुस २१ गते उपस्थित हुन निर्देशन दिएको हो।
उजुरी तथा गुनासो बढ्दै गएपछि केन्द्रबाटै छानबिन अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ। छानबिनका लागि बोलाइएकामा जिल्ला प्रहरी कार्यालय पर्साको वडा प्रहरी कार्यालय श्रीपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक भुलेन्द्र कुमार गिरी, पर्सा जिल्लाकै घुमुवा टोलीमा रहेका प्रहरी हवल्दार निरज सिंह र प्रहरी सहायक हवल्दार फिरोज मियाँ रहेका छन्। स्रोतका अनुसार उनीहरू औपचारिक रूपमा घुमुवा नभए पनि आर्थिक गतिविधिमा संलग्न भएको आशंकामा प्रधान कार्यालयमा झिकाइएको हो।
त्यस्तै, संघिय प्रहरी कार्यालय वीरगञ्जमा कार्यरत प्रहरी हवल्दार नीरजकुमार यादव तथा वरिष्ठ प्रहरी हवल्दार राजमंगल सिंहलाई पनि छानबिनका लागि उपस्थित हुन भनिएको छ। यसैगरी जिल्ला प्रहरी कार्यालय बारामा CDR शाखामा कार्यरत प्रहरी सहायक हवल्दार मोहम्मद सदाम हुसेनलाई समेत प्रहरी प्रधान कार्यालयमा बोलाइएको छ। प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाबाट जारी पत्रमा उनीहरूबाट केही विषयमा सोधपुछ गर्नुपर्ने भएकोले तोकिएको मितिमा उपस्थित हुन निर्देशन दिइएको उक्त पत्रमा उल्लेख छ। स्रोतका अनुसार एउटै जिल्लामा लामो समय कार्यरत रहँदा आर्थिक कारोबारमा संलग्न भएको आरोपसहित उनीहरूमाथि अत्यधिक उजुरी परेपछि नेपाल प्रहरीको केन्द्रीय तहबाट छानबिन प्रक्रिया अघि बढाइएको हो।
यता जिल्ला प्रहरी कार्यालय बारा CDR शाखामा कार्यरत प्रहरी हवालदार मोहम्मद हुसेनलाई घुमुवाको नाममा तानीएको छ। तर ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत प्रहरी जवान सत्रुधन सहनी २०७९ साल देखि ईलाका प्रहरी कार्यालय सिम्रौनद्यगढ प्रहरी चौकि अमृतगन्ज खजानि अस्थायी प्रहरी पोस्ट पथलवाघाट बिगत ४ बर्ष देखि सूचना संग्कलनको नाम सदापोसाकमा खुल्याम विभिन्न प्रकारका करोबारी तथा तस्करहरु सङ् पैसा असुली गरिरहेको मा प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र प्रहरी प्रधान कार्यालय काठमाडौ नक्सालले सहनीलाई अहिलेसम्म केहि कार्वाही नगरीएकोमा स्थानीय चिन्ताजनक वव्यक्त गरेका छन, यस घाटानाले सहनी प्रहरीकै उच्च प्रहरी अधिकृतको संरक्षणमा खुल्याम पैसा असुली गरिरहेको स्थानीयले दाबी गरेका छ्न। यद्यपि उजुरी छानबिनसँग सम्बन्धित स्रोतका अनुसार बारा र पर्साका केही अन्य घुमुवा प्रहरीसमेत प्रहरी मुख्यालयको निगरानीमा रहेका छन्। प्रारम्भिक छानबिनपछि उनीहरूलाई पनि बोलाइने सम्भावना प्रबल रहेको छ।