प्र.ज. सत्रुधन सहनी पैसाको दम्भमा सिम्रौनगढमा गाडे आफ्नोे किल्ला ।
बारा – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जिल्ला प्रहरी कार्यालय बाराको मातहत र जिल्ला प्रहरी कार्यालयमा कार्यरत सदा पोसाकमा काम गर्ने प्रहरी जवान देखि प्रहरी वरिष्ठ हवालदार लगायत सम्म ताने । तर २०७९ सालदेखि ईलाका प्रहरी कार्यालय सिम्रौनगढ प्रहरी चोकी पथालवाघाट प्रहरी चोकी अमृतगन्ज खजानी ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा सदापोसाकको नाममा बिगत एउटै ईलाकाको मातहतमा पैसा असुली गर्ने प्रहरी जवान सत्रुधन सहनीलाई तानेन्न।
स्रोतका अनुसार प्रहरी जवान सहनीले यतीकै नबसेको र केही प्रहरी अधिकृतहरुलाई महिना पुगने बितिकै कोशेली लिएर भटने गरेको कारणले सहनी ४ चार बर्ष देखि एउटै ठाउँमा सदा पोसाकको नाम तस्करहरु सङ्ग सजिलै पैसा असुली गर्ने गरेको स्रोतले जानकारी गराएका छन। स्रोतका अनुसार सहनिले बिगत ४ बर्ष देखि बस्दा उक्त ईलाकाको नाक्काबाट काम गर्ने ठूला देखि साना तस्करहरु सङ्ग राम्रो चिन्ह जान रहेको र राम्रो चिन्ह जानको कारण तस्कर हरुसङ्ग सजिलै पैसा असुली गरिरहेको छ ।
सहनीले प्रहरी निरीक्षक रबिभुषण यादवको कार्यालयकालमा झडपमा गोलि चलाएको काण्डमा केही दिन जिल्ला प्रहरी कार्यालयमा तानिएको थियो। तर सिपालु प्रहरी जवान सत्रुधन सहनिले १५ दिनमै एक जाना प्रहरी अधिकृतलाई कोशेली दिई पुन्ह प्रहरी चोकी अमृतगन्जखजानी पुगेका थिए ।
अहिले सहनीले आफ्नोे कार्यालयका प्रमुख प्रहरी निरीक्षक किशुनदेव साहको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख गोबिन्द थपलिया सङ्ग राम्रोसँग चिन्ह जान रहेको र मलाई कसैले केहि गर्न सक्दैन। भन्दै सहनीले हिडिरहेका छन।