बिरगंज १४ गणडकबाट प्रतिबन्धित लागू औषधसहित दुई युवक पक्राउ।
पर्सा – बिरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको बसमा विशेष चेकजाँचका क्रममा प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको पकहाँ मैनपुर गाउँपालिका–५ का १९ वर्षीय पुष्पेन्द्र पाण्डे र भारतको बिहार राज्य रक्सौलका १९ वर्षीय सचिन कुमार सिंह रहेका छन्।
प्रहरीका अनुसार वीरगञ्ज–१४ गण्डक चौकमा प्रहरी सहायक निरीक्षक जगदीश प्रसाद यादवको कमान्ड खटिएको प्रहरीको टोलीले नियमित चेकजाँचका क्रममा बिरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको सार्वजनिक रात्रिबस रोकेर चेकजाँच गर्दा दुबै जनाले साथमा राखेको कालो रंगको ब्यागबाट ट्रामाडोल क्याप्सुल २३ हजार ८८० पिस बरामद गरिएको छ ।
प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार बरामद गरिएको लागू औषध नेपालमा प्रतिबन्धित सूचीमा पर्ने ट्रामाडोल भएको रहेको छ । पक्राउ परेका दुबै जनालाई वडा प्रहरी कार्यालय श्रीपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिनु भएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानपछि यो औषध भारतबाट नेपाल भित्र्याई काठमाडौं पठाउने उद्देश्य रहेको अनुमान गरेको छ।