बारा – नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ बाराद्वारा बालेन साह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी दर्ता गराएकोछ।

नेपाल कम्युनिष्ट पार्टि एमाले निकट राष्ट्रिय युवा संघ बाराले आज जिल्ला प्रहरी कार्यालय बारामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ ।जसमा उनीहरूलाई जेनजी आन्दोलनका क्रममा भएको आगलागी, लुटपाट तथा सरकारी संरचनामाथिको विध्वंसका लागि जिम्मेवार ठहर्याइएका छन।
उजुरी दर्ता गर्नु अघि युवा सङ्घ बाराका अध्यक्ष सदाम अन्सारीको नेतृत्वमा नेकपा एमाले पार्टि कार्यालय पन्नाबागमा भेला भई मोटरसाइकल र्याली निकालेर बाराको सदरमुकाम कलैयामा शक्ति प्रदर्शन गरेका थिए। र्याली गर्दै गएका युवाहरुले जिल्ला प्रहरी कार्यालयमा पुगी निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक बिजयराज पंडितलाई जाहेरी बुझाएका थिए।
र्यालीमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव मोबिन आलम, केन्द्रीय सदस्य तथा मधेश प्रदेश सह-इन्चार्ज राम यादव, केन्द्रीय सचिवालय सदस्य भावना आचार्य रुसतम अन्सारी जबेद अन्सारी विक्की साह लगायतका युवा नेताहरूको सहभागिता रहेको थियो।