पर्सामा आगलागीबाट करीब २ लाख बराबरको छती

81

पर्सा –पर्साको पकहा मैनपुर गाउँपालिका वडा नम्बर १ स्थित धोरेमा आगलगी हुँदा १ लाख ८६ हजार बराबरको  छती भएको छ।

आगलगी शनिबार रातीको समयमा करिब २ बजेको समयमा भएको थियो । आगलागीबाट पकहा मैनपुर वडा नम्बर १ धोरे टोलमा बस्ने धुपनाथ राउतको गोठघरमा बिधुतको तार सर्ट भई आगलागी भएको पर्सा प्रहरीले जानकारी गराएका छन। प्रहरीका अनुसार राउतको गोठघरमा भित्र राखिएको साईकल १ थान BR 05 As 4879 नम्बरको टिभीएस मोटरसाइकल १ थान बिधुतको मिटर १ थान पुर्ण रूपमा जलेर नस्ट भएको छ । त्यसतै भैंसी १ वटा र २ वटा पाडीको ढाडमा १० प्रतिसत जलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रकाश लम्सालले जानकारी गराउनु भएकोछ।

आगलागी भएको खबर जानकारी हुन साथ प्रहरी चौकी धोरे बाट प्रहरी सहायक निरीक्षक भन्टु राय यादवको कमाण्डमा प्रहरीहरुको टोलि र स्थानीयको सहयोगमा करिब १ घण्टा पछी ३ बजे आगोलाई पुर्ण रूपमा नियन्त्रणमा लिएको थियो।

Leave A Reply

Your email address will not be published.