उज्यालो न्यूज
असार -३१ गते
बारा – सामान्य प्रशासन मन्त्रीले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। केही दिनदेखि आफ्नो नाम ‘घुस डिल’ सँग जोडेर लगातार प्रचारमा आएको र आफू ‘नखाएको विषको शिकार’ भएको भन्दै उनले सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।
मन्त्रीले आफूमाथि लागेका आरोपहरूको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्। उनले प्रविधिको दुरुपयोगका कारण अब अरू कोही पनि यस किसिमको शिकार नबनुन् भन्ने कामना पनि व्यक्त गरेका छन्।
राजीनामासँगै मन्त्रीले यसअघि विभिन्न रूपमा आफूलाई सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। भविष्यमा देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जुनसुकै जिम्मेवारी इमान्दारी र निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धता जनाउँदै उनी पुनः जनताको घरदैलोमा आउने प्रण गरेका छन्।
यस घटनाले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ भने मन्त्रीमाथि लागेका आरोपहरूको सत्यता छानबिनपछि!
मात्रै बाहिर आउने देखिन्छ।